स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. राउत न्यायिक हिरासतमा,अवरोध गरेको भन्दै ६ जना पक्राउ

img1

लहान, २२ चैत्र । इलाका प्रहरी कार्यालय लहानले ६० दिनदेखि अनुसन्धनका लागि थुनामा राखेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा सिके राउतलाई सोमवारदेखि अदालतले न्यायिक हिरासतमा राखेको छ ।
संगठित अपराध अन्र्तगत ईलाका प्रहरी कार्यालय लहानले पाँच पटक गरी ६० दिने अनुसंधानको म्याद समाप्त भएपछि जिल्ला अदालत सिरहामा बुझाएका थिए । डा राउत सहित राजकुमार त्यागी, संजय यादव, विपिन यादव लगायत १० जनालाई अदालतले न्यायिक हिरासतमा राखेको जिल्ला अदालत सिरहाका श्रेस्तेदार विनोद खतिवडाले बताउनु भयो । बयान लिन समय लाग्ने भन्दै दशैजनलाई न्यायिक हिरासतमा राखिएको वहाँले बताउनु भयो । प्रहरीले डा राउत सहित १० जना विरुद्ध लागेको संगिठत अपराध अन्र्तगतको मुद्दाका सम्पूर्ण मिसिल, प्रमाण समेत बुझाई सकेको श्रेस्तेदार खतिवडाको भनाई छ । थुनछेकको लागि बयान गर्नुपर्ने भएकोले पनि कति समय लाग्ने यकिन भन्न नसक्ने भन्दै खतिवडाले नियमित रुपमा बयान लिने काम हुने बताउनु भयो ।
यसैवीच प्रहरीले अवरोध गरेको भन्दै ६ जना डा. राउतका सर्मथकलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा बलुवा टोलका २४ वर्षिय मदन कृष्ण यादव, त्यही ठाउँका मनोज यादव, वर्छवाका ४० वर्षिय सत्य नारायण महतो छन् । उनीहरुलाई सिरहाको नरहा चौकबाट प्रहरीले पक्राउ गरेका हुन् ।  उनीहरुले डा राउत सहित अन्यलाई जिल्ला अदालत सिरहा ल्याउने क्रममा समर्थनमा उत्रेकाहरु नरहा चौकमा नाराबाजी गर्दै प्रहरी भ्यान रोकेको थियो । त्यस क्रममा प्रहरीले बल प्रयोग गरेको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ । यस्तै जिल्ला अदालत सिरहा अगाडी चर्को नाराबाजी गर्दै प्रर्दशन गरिरहेको अरु तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सिरहा ‘ख’ का इन्र्चाज महतोको नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा इटाटारका १८ वर्षिय दिपेन्द्र कुमार यादव, २४ वर्षका पंकज कुमार सिंह दनुवार र जानकीनगरका ४० वर्षिय जितन यादव रहेका छन् ।