दुइ दिन देखिको आम हडताल खुल्यो, सप्तरी बन्द यथावत

लहान, २६ फाल्गुण ।
मधेसी मोर्चाको आह्वानमा दुईदिनदेखि भएको तराई मधेश आमहडताल बुधवार साँझदेखि खुलेको  छ । आम हडतालका कारण ठप्प रहेको पूर्वपश्चिम लोकमार्गमा सवारी साधान चल्न थालेका छन् । हडताल खुलेपछि जनजीवन समान्य बनेको छ । अन्य जिल्लामा आम हडताल खुलेपनि सप्तरी जिल्लामा बन्द यथावत रहेको लोकतान्त्रि मधेसी मोर्चा सप्तरीले जनाएको छ ।
सिरहा, सप्तरी, धनुषा, पर्सा, सर्लाही लगायतका मधेसका जिल्ला बन्दले बढी प्रभावित बनेको थियो । सिरहा, धनुषा, पर्सा र सप्तरीका कतिपय स्थानमा मोटरसाइकल समेत चल्न दिएको थिएन । पसल, कलकारखाना, उधोग, विद्यालय पनि ठप्प भएको थियो । बन्दमा गाडी नचल्दा सर्वसधारण मारमा परेका थिए ।
बन्दको दोस्रो दिन पूर्वका कतिपय जिल्लामा राष्ट्रिय पत्रिका समेत आउन सकेका थिएन् । सप्तरीको राजविराजमा फाल्गुन २३ मा भएको गोली काण्डपछि आक्रोसित मधेसी मोर्चाले आक्समिक बैठक बसेर मधेस फाल्गुन २४ र २५ गते बन्दको आह्वान गरेको थियो ।