सप्तरीमा मृत्यु हुनेको संख्या चार पुग्यो

लहान, २५ फाल्गुण ।
सप्तरी घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । गोली लागी घाइते भएका सप्तरी मलेठ–२ का वीरेन्द्र महतोको उपचारकाक्रममा बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । सघन उपचार कक्षमा रहनुभएका उहाँको  उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेकपा एमालेले आयोजना गरेको मेची–महाकाली अभियान अवरोध गर्न उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा हिंसात्मक बन्न पुगेको सप्तरी घटनामा प्रहरीको गोली लागी सोमबार सन्जन मेहता, पिताम्बर मण्डल र आनन्द साहको मृत्यु भएको थियो । १२ जनाभन्दा बढी घाइतेको अझै प्रतिष्ठानमा उपचार भइरहेको छ ।