सप्तरी गोलीकाण्डमा मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय, जाँचबुझ आयोग गठन

काठमाडौं, २५ फाल्गुन ।
सरकारले सप्तरी घटनामा मृतकका परिवारलाई १० लाख दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले घटनाको जाँच गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको हो ।
जाँचबुझ आयोगलाई १५ दिनभित्रमा कार्यदेश पेश गर्न निर्देशन दिएको छ । बुधवार बसेको मन्त्रिपरिषदको बैठकले सप्तरी घटनामा घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
एमालेको मेची–महाकाली अभियान अन्तर्गत सोमवार सप्तरीमा भएको सभापछि मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीको बीचको झडपमा ४ जनाको मृत्यु भएको थियो । उक्त झडपमा कैंयो मधेसी घाईते छन् ।