रुसमा भएको विमान दुर्घटनामा परी १६ जनाको मृत्यु

लहान, पौष ४ गते ।
रुसमा भएको विमान दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएका छन् । घाइते अधिकांशको अवस्था गम्भीर रहेको बताईएको छ । ३२ जना यात्रु र सातजना चालक दलका सदस्य रहेको विमान साइबेरियाको याकुतियामा दुर्घटनाग्रस्त भएको रुसी अधिकारीहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । खराब मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ ।