मधेसीको छोराछोरीले प्राधनसेनापति नबनुञ्जेल मधेसको आन्दोलन जारि रहनेः मन्त्री थापा

लहान, मंसिर २५ गते ।
स्वास्थ्य मन्त्री गगन थापाले मधेसको छोराछोरीले प्रधान सेनापति नबनुञ्जेल मधेसको आन्दोलन जारि रहने बताएका छन् ।
    जिल्ला स्वास्थ्य कार्यालय सिरहा र जिल्ला उद्योग बाणिज्य संघ सिरहा, लहानले पशुपति उच्च माध्यमिक विद्यालय लहानको प्रांगनमा शनिवार आयोजना गरेको स्मार्ट जीवन मेलाको उद्घाटनपछि मन्त्री थापाले यस्तो बताएका हुन् । ‘आन्दोलन सकिएको छैन, पहिचान, सहभागिता, सम्मान र समानताको बिषय बा“की रहेको छ’, उनले भने, ‘यी सबै बिषयहरु फरक फरक स्वरुपमा प्रकट भएर आएकोले नेपाल भित्र सबै नागरिक बराबर हुन भन्ने कुरो कसैले रोकेर पनि रोकिदैन ।’ उनले दाउरा र सुरुवाल लगाउने जस्तै धोती र कुत्र्ता लगाउनेपनि नेपाली भएको र बराबर भएको कुरो कसैले लुकाएर पनि नलुक्ने प्रष्ट पारे । ‘बराबर भन्ने कुरो कतिपय संबिधानमा लेखेर कतिपय व्यबहारमा र कतिपय कर्म गरेर प्राप्त होलो, यो गर्दै जाने र हु“दैन जाने हो ।’ उनले भने ।
    उनले प्राप्त अधिकार व्यवहारमा लागु गरेर बा“की अधिकारको लागि संघर्षरत रहनु पर्ने बताए । मधेसको सबै जातजाती, धर्म, वर्ग, समुदायको लागि अब परिबर्तनको समय आएकोले यहा“का आर्थिक र सामाजिक विषयलाई राजनीतिक विषय बनाउन आग्रह गरे ।
    उनले स्वास्थ्य क्षेत्रमा आमा र शिशुलाई बचाउनेमा अभुतपुर्व उपलब्धी हामी हासिल गरेको अबस्थामा परिवार नियोजन लगायतको उपलब्धी हासिल गर्न बा“की रहेको विषयमा सबैलाई आ आप्mनो क्षेत्र र स्थानबाट लाग्न आग्रह र निर्देशन दिए । मधेसको जिल्लाहरुमा रहेको अस्पतालहरुको अबस्था गएगुज्रेको रहेकोले यसको सुधारका लागि आपूmलाई गर्नु पर्ने सबै कार्य गर्ने प्रतिबद्धता जनाए । उनले सिरहा जिल्ला अस्पताल र लहान अस्पताललाई स्तरोउन्नति गर्नै पर्ने बताए ।
    उनले परिवार नियोजनको साधन प्रयोग गरेर स्वस्थ्य र स्मार्ट जीवन बनाउन सबैलाई आग्रह गरे ।
    स्वास्थ्य सेवा विभागका महा निर्देशक डा. पुष्पा चौधरीले सानो होइन स्वस्थ्य परिवार बनाउन पहिलो बच्चा जन्मेपछि अर्को बच्चा जन्माउने समयसम्म परिवार नियोजनको साधन प्रयोग गर्न सबैलाई आग्रह गरे ।
    कार्यक्रममा यूएसआइडी नेपालका स्वास्थ्य शिक्षा निर्देशक स्याण्डा स्टाइमरले परिवार नियोजनमा गरेको एक रुपैयाको लगानी तीन रुपैया फित्र्ता भएर आउनेतर्फ सबैलाई सोच्न आग्रह गरिन् । उनले स्वस्थ्य, सानो र सुन्दर परिवारका लागि परिवार नियोजनको साधन प्रयोग गर्न सबैलाई आग्रह गरिन् । उनले परिवार नियोजनको क्षेत्रमा यूएसआइडीको सहयोग सधै रहने प्रतिबद्धता जनाइन् ।
    स्मार्ट जीवन मेलामा हास्य कलाकार पा“डे सोल्टी, जिग्री ब्रोले परिवार नियोजनसम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रस्तुत गरेका थिए भने गिरिश खतिवडा, सुगम पोख्रेल, श्रेया सोताङ्ग, शिब परियार रक्षा श्रेष्ठले सांगितमार्फत परिवार नियोजनसम्बन्धी आ आप्mनो कला प्रस्तुत गरेका थिए ।
    मेलामा जिल्लाका ५ हजार बढी दम्पतिले अवलोकन गरेको आयोजकले जनाएको छ ।