मधेसको माँग सम्बोधन विना संविधान कार्यान्वय असम्भव : ठाकुर

लहान, २७ कार्तिक ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी मोर्चाले उठाएको माँग सम्बोधन बिना संविधान कार्यान्वयन असम्भव हने बताउनु भएको छ । सिरहाको लहानमा शनिवार दिउसो पत्रकार सम्मेलनको आयोजना गरी यस्तो कुरा बताउनु भएको हो ।
अध्यक्ष ठाकुरले हाम्रो माग सम्बोधन गर्न वेवास्ता गरिए हामी पुन सडक आन्दोलनमा जाने चेतावनी समेत दिनुभयो । वहाँले जव सम्म सिमांकन, भाषा र जनसंख्याको आधारमा संविधान संशोधनको ड्राप्ट तयार हुदैन तब सम्म सहमति नहुने पनि बताउनु भयो ।
अध्यक्ष ठाकुरले प्रधानमन्त्री पुष्पकमल दहालले आफुलाई फोन गरी संविधान संशोधनको  ड्राप्ट तयार भयो दुईतिन दिनमै संसदमा दर्ता हुने भएकोले सहयोग गर्नुपर्ने बताएको जानकारी दिनुभयो । वहाँले प्रचण्डजीको कुराको आफुलाई विश्वास नभएता पनि आशावादी रहेको वहाँले बताउनु भयो ।