एमाले संविधान संशोधनको विपक्षमा छैन्: सचिव भट्टराई

लहान, २७ कार्तिक ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले संविधान संशोधनको विपक्षमा नरहेको बताउनु भएको छ । सिरहाको लहानमा शनिवार विहान प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा वहाँले यस्तो कुरा बताउनु भयो ।
सचिव भट्टराईले संविधान गतिशिल दस्तावेज भएकोले संशोधन गर्न सकिने बताउँदै संशोधनका विषय प्रष्ट हुनु पर्ने बताउनु भयो । सक्ता पक्षले संविधान संशोधनको बारेमा औपचारिक रुपमा लिखत दस्तावेज आफनो पार्टीलाई हालसम्म उपलब्ध नगराएको बताउनु भयो । संशोधनको विषयमा पहिला नै सबै दलसंग सहमति भए संविधान संशोधन हुन सक्ने बताउदै छिटो भन्दा छिटो सहमति गरी अगामी २०७४को माघ भित्र तिनै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।