साउदी अरबका राजकुमारलाई जेलमा कोर्रा

लहान, १८ कार्तिक ।
साउदी अरबका राजकुमारलाई जेलमा कोर्रा हानिएको छ । साउदी नरेशको आदेश अनुसार राजकुमारलाई जेद्दास्थित जेलमा कोर्रा हानिएको संचारमाध्यमहरुले जनाएका छन् ।
उहाँमाथिको आरोपका बारेमा भने खुलाइएको छैन । दुई साताअघिमात्र हत्या अभियोगमा एक अर्का राजकुमारलाई मृत्युदण्ड दिइएको थियो ।
साउदी अखबार ‘ओकाज’ का अनुसार सोमबार मेडिकल परीक्षणपछि ती राजकुमारलाई जेलमा कोर्रा हानिएको हो । राजकुमारको भने त्यहाँका सञ्चार माधयमले नाम सार्वजनिक गरेको छैनन ।