भारतीय राष्ट्रपतिले आज दलकानेताहरुसँग छलफल गर्नुहुँदै

काठमाण्डौं, १८ कार्तिक ।
नेपाल भ्रमणमा रहनु भएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीले आज राजनीतिक भेटवार्ता गर्दै हुनुहुन्छ ।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई उहाँले आज भेटवार्ता गर्ने कार्यतालिका मिलाइएको छ । हिजो तीनदिने भ्रमणमा नेपाल आउनु भएका मुखर्जीले उच्च्तहको भेटवार्ता हिजो नै गर्नुभएको छ ।
सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र, सत्ता साझेदार नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दलका नेताहरुसँग छुट्टा–छुट्टै भेटहुनेछ । उहाकोसँगको सबै भेट होटल ह्यात रेजेन्सीमा हुनेछ । मधेसी मोर्चामा रहेका नेताहरुसँग भने राष्ट्रपति मुखर्जीले सामुहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटवार्तामा नेपाल भारतबीचको सम्बन्ध, संविधानको संसोधन र कार्यान्वयनका विषयमा छलफल गरिनेछ । हिजो राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसँग भएका भेटका प्रसँग नै आजको भेटमा पनि उठाइनेछ ।