नेपाल कुशवाहा कल्याण समाजको एकताको महाधिवेशन सम्पन्न, तपेश्वर महतोको अध्यक्षतामा नयाँ नेतृत्व चयन

img1

ढल्केवर, ३० असोज ।
नेपाल कुशवाहा कल्याण समाजको छैठौ राष्ट्रिय एकता महाधिवेशन तपेश्वर महतोको अध्क्षतामा सर्वसहमतले नयाँ नेतृत्व चयन गर्दै आइतवार विहान सम्पन्न भएको छ ।
धनुषाको ढल्केवरमा असोज २८ गतेदेखि सुरु भएको समाजको छैठौ राष्ट्रिय एकता महाधिवेशनले सर्वसहमतिमा सिरहाका तपेश्वर महतोको अध्यक्षतामा ५१ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै आइतवार विहान सम्पन्न भएको हो । असोज २९ गते सम्पन्न हुने भनिएको महाधिवेशन नयाँ नेतृत्व चयनका लागि सर्वसहमति गर्ने क्रममा केही घण्टा लम्बिएको बताइएको छ ।  
समाजको वरिष्ठ उपाध्यक्षमा राजाराम महतो धनुषा चयन हुनु भएको छ भने उपाध्यक्षहरुमा क्रमशः परमानन्द मेहता मोरंग, फुलकुमारी महतो धनुषा, राकेश महतो पर्सा, माल्ती सिन्हा काठमाण्डौ, सन्त कुमार मेहता सुनसरी, उपेन्द्र कुमार कुशवाहा सर्लाही, जय प्रकाश महतो मोरंग चयन हुनु भएको छ ।
त्यसैगरी महासचिवमा मनोज कुमार सिंह सिरहा, उपसचिवमा रामप्रकाश महतो महोत्तरी, सचिवमा विरेन्द्र कुमार मेहता सुनसरी, कोषाध्यक्षमा महेन्द्र महतो सर्लाही, सह कोषाध्यक्षमा राजेन्द्र प्रसाद मेहता सुनसरी चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा धर्मलाल सिंह मोरंग, लाली प्रसाद मेहता सुनसरी, श्यामदेव मेहता, सुनसरी, मनोज कुमार मेहता सप्तरी, लखन महतो सप्तरी, संजिव कुमार सिंह सिरहा, राजकुमार सिंह सिरहा, भोला महतो धनुषा, सन्तोष महतो धनुषा, चन्देश्वर महतो धनुषा, भोगिन्द्र महतो धनुषा, रामपुजन महतो महोत्तरी, रामचन्द्र महतो कुशवाहा महोत्तरी, नवल किशोर प्रसाद कुशवाहा रौतहट, सुमेश्वर कुशवाहा बारा, डा. मुन्ना कुमार कुशवाहा बारा, दिनेश कुमार मेहता सुनसरी, इन्दल प्रसाद सिन्हा रौतहट, र रामबाबु प्रसाद कुशवाहा बारा छन् ।
यस्तै महिला सदस्यहरुमा निलम कुमारी महतो सिरहा, राजरानी कुशवाहा सर्लाही, निलम कुमारी महतो सर्लाही, किरण महतो मोरंग, सिता महतो सिरहा, उर्मिला मेहता मोरंग, विणा कुशवाहा रौतहट र प्रमिला कुमारी सिंह धनुषा चयन हुनु भएको र बाँकी आठ जनालाई नवनिर्वाचित समितिको अर्को बैठकले मनोनित गर्ने नवनिर्वाचित महासचिव मनोज कुमार सिंहले जानकारी दिनुभयो ।  
महासचिव सिंहका अनुसार यसअघि विभिन्न  ५ वटा संघ संगठनहरुमा विभक्त रहेका देशभरीका कुशवाहाबन्धु पछिल्लो लामो समयको वार्ताले एकिकृत भएपछिको पहिलोपल्ट राष्ट्रिय एकताको महाधिवेशनले नेपाल कुशवाहा कल्याण समाजको नयाँ नेतृत्व चयन गर्न सफल भएको हो ।
कुशवाह समाज यसभन्दा अगाडि डा. कृपाराम मेहताको अध्यक्षतामा रहेको नेपाल कुशवाहा कल्याण समाज, विजय कुमार महतोका नेतृत्वमा रहेको राष्ट्रिय कुशवाहा सेवा समाज, भरत महतोको नेतृत्वमा रहेको नेपाल कुशवाहा महासंघ, मनाई महतोको नेतृत्वको कुशवाहा संघ तथा देवनारायण महतोको नेतृत्वमा रहेका कुशवाहा बुद्धिजिवी सेवा समाजमा विभक्त थिए ।
महाधिवेशनले नेपाल कुशवाहा कल्याण समाजको विधानसमा वर्तमान राज्यको पुर्नसंरचना र समय अनुसार व्यापक संशोधन समेत गरेको छ ।