नेपाल कुशवाहा कल्याण समाजको महाधिवेशन आजदेखि ढल्केवरमा

img1

रामभरोसी महतो
लहान, २८ असोज ।
नेपाल कुशवाहा कल्याण समाजको छैठौ राष्ट्रिय एकता महाधिवेशन आजदेखि हुदैछ । नेपाल कुशवाहा कल्याण समाज २५ बसन्त पुरा गरेको अवसरमा महाधिवेशन संगै रजत जयंती महोत्सव समारोहको समेत आयोजना गरेको छ ।
धनुषाको ढल्केवर स्थित महेन्द्र उच्च माविमा सभासद सत्रुधन महतोको प्रमुख आतिथ्यतामा हुने सो महाधिवेशनको उद्घाटन सत्रमा आज देशभरिका कुशवाहा समाजमा आवद्ध भएका हजारांै कुशवाहबन्धुको सहभागीता रहने महाधिवेशन मुल आयोजक कमिटीका सदस्य तपेश्वर महतो कुशवाहाले जानकारी दिनुभयो । महाधिवेशनको उदघाटन आज दिउँसो ११ बजे हुने बताइएको छ ।
कुशवाहा समाजका ५ वटा संघ संगठनहरु एकिकृत भएपछिको पहिलोपल्ट राष्ट्रिय एकताको महाधिवेशन हुन लागेको महाधिवेशन मुल आयोजक कमिटिका अध्यक्ष डा. कृपाराम मेहताले बताउनुभयो ।
अध्यक्ष मेहताका अनुसार दुई दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन आज महाधिवेशन तथा रजत जयंती महोत्सवको उद्घाटनर हुने र भोली महाधिवेशनको बन्दसत्रबाट नेपाल कुशवाह कल्याण समाजको नयाँ नेतृत्व चयन हुनेछ ।
कुशवाह समाज यसभन्दा अगाडि डा. कृपाराम मेहताको अध्यक्षतामा रहेको नेपाल कुशवाहा कल्याण समाज, विजय कुमार महतोका नेतृत्वमा रहेको राष्ट्रिय कुशवाहा सेवा समाज, भरत महतोको नेतृत्वमा रहेको नेपाल कुशवाहा महासंघ, मनाई महतोको नेतृत्वको कुशवाहा संघ तथा देवनारायण महतोको नेतृत्वमा रहेका कुशवाहा बुद्धिजिवी सेवा समाजमा विभक्त थिए । केही दिन अघि लामो छलफल र वार्ता पश्चात विभिन्न गुटमा विभक्त कुशवाहा बन्धुहरु एकिकृत भएको हो ।