नेपाल थाईल्याण्डसंग पनि पराजित

लहान, २४ असोज ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टिम हङकङमा भइरहेको आईसीसी महिला विश्वकप २०१७ एसियाली छनोटको दोस्रो खेलमा आज थाइल्यान्डसँग तीन विकेटको पराजित भएको छ ।
एसियाली छनोटमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो ।  
टीन क्वङ रोड रिक्रिएसन ग्रान्ड (मिसन रोड ग्रान्ड) मा टस जितेर ब्याटिङ सुरु गरेको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७६ रनको स्कोर बनाएको थियो । बलिङ र फिल्डिङमा नेपालले सुधारिएको प्रदर्शन गरेपनि थाइल्यान्डले आठ बल बाँकी छँदै सात विकेट गुमाएर ७७ रन जोड्दै छनोटमा लगातार दोस्रो जित दर्ता ग¥यो । ब्याट र बलमा निर्मला शाहीले गरेको प्रदर्शन नेपालको लागि सबैभन्दा सकारात्मक प्रदर्शन रह्यो ।