टीकाको साईत भोली बिहान ८ः४५ मिनेटमा

लहान, २४ असोज ।
यो वर्षको विजयादशमीको टीकाको साइत भोली बिहान ८ बजेर ४५ मिनेट जाँदा उत्तम रहेको छ ।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार  बिहान ८ बजेर २५ मिनेट जाँदा दुर्गा बिसर्जन गर्ने साइत रहेको छ । तर दिनभरी नै टीका लगाउन सकिने पनि पंञ्चांग निर्णायक समितिले जनाएको छ ।  आमसर्वसाधारणले टीका लगाउन साइत हेर्नु नपर्ने भएपनि राष्ट्रप्रमुखले भने साइतमै टीका लगाउनुपर्ने निर्णयक समितिले जनाएको छ ।  
टीका थाप्ने व्यक्ति पश्चिम दिशामा र टीका लगाइदिने व्यक्ति पूर्व दिशामा फर्केर टीका लगाइदिँदा उत्तम हुनेछ ।