एसिया क्षेत्रको पहिलो खेलमा नेपाली टोली ६ विकेटले पराजित

काठमाण्डौं, २३ असोज ।
महिला विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको पहिलो खेलमा आयोजक हङकङसँग  नेपाली टोली ६ विकेटले पराजित भएको छ ।
हङकङको मोङ कोकमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्मला शाहीको सर्वाधिक १८ रनको योगदानमा निर्धारित  २० ओभरमा सम्पूर्ण विकेट गुमाउदै ७७ रन मात्र बनाउन सफल भयो । प्रत्युत्तरमा हङकङले ४ विकेटको क्षतिमा २१ बलको खेल बाँकी रहँदै जीतलाई आत्मसाथ गर्यो ।
हङकङको जीतमा प्रारम्भिक ब्याट्वुमन यान यीपले ३३ रन बनाउनुभयो । उहाँलाई नेपालका निर्मलाले नै कट एन्ड बोल्ड गर्नुभयो । नेपालको ब्याटिङको सुरुवात नै खराब भए पनि निर्मला, रश्मी चौलागाई (११) र कप्तान रुबिना क्षेत्रीले (१२) दोहोरो अंक जुटाएपछि नेपालले १९ दशमलव २ ओभरमा राम्रै स्कोर खडा गरेको थियो । नेपालका लागि एक विकेट करुना भण्डारीले लिनुभयो ।