न्युजिल्याण्ड विरुद्ध भारतको उत्कृष्ठ प्रदर्शन

काठमाण्डौं, २३ असोज ।
न्युजिल्याण्ड विरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा उत्कृष्ट प्रदर्शन गरेको छ । भारतले पहिलो इनिङ्समा ५ सय ५७ रन बनाउँदै पारी समाप्तीको घोषणा गरेको छ ।
भारतका लागि कप्तान बिराट कोहलीले दुई सय ११ तथा अजिन्का रहानेले एक सय ८८ रन बनाएका छन् । चौथो विकेटका लागि यी दुईबीच तीन सय ६५ रनको किर्तिमानी साझेदारी समेत भएको छ ।
यसअघि यो किर्तिमान सचिन तेन्दुल्कर र भिभियस लक्ष्मण नाममा थियो । भारतका लागि रोहित शर्माले पनि नटआउट ५१ रन बनाए । दोस्रो तीनको खेल सकिंदा सम्म न्युजिल्याण्डले बिना कुनै क्षति २८ रन बनाएको छ । यसअघि भएका दुई टेष्ट भारतले जितेको थियो ।