कुशवाहा समाजको महाधिवेशन असोज २८ र २९ गते ढल्केवरमा हुने

img1

रामभरोसी महतो
लहान, असोज २३ गते ।
नेपाल कुशवाहा कल्याण समाजको राष्ट्रिय एकताको प्रथम महाधिवेशन यहि असोज २८ र २९ गते हुने भएको छ ।
धनुषाको ढल्केवर स्थित महेन्द्र उच्च माविमा सभासद सत्रुधन महतोको प्रमुख आतिथ्यतामा हुने सो महाधिवेशनको उद्घाटन सत्रमा देशभरिका कुशवाहा समाजमा आवद्ध भएका हजारांै कुशवाहबन्धुको सहभागीता रहने महाधिवेशन मुल आयोजक कमिटीका सदस्य तपेश्वर महतो कुशवाहाले जानकारी दिनुभयो ।
कुशवाहा समाजका ५ वटा संघ संगठनहरु एकिकृत भएपछिको पहिलोपल्ट राष्ट्रिय एकताको महाधिवेशन हुन लागेको महाधिवेशन मुल आयोजक कमिटिका अध्यक्ष डा. कृपाराम मेहता कुशवाहाले बताउनुभयो ।
अध्यक्ष मेहताका अनुसार दुई दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन असोज २८ गते उद्घाटन र २९ गते हुने महाधिवेशनको बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ ।
कुशवाह समाज यसभन्दा अगाडि डा. कृपाराम मेहताको अध्यक्षतामा रहेको नेपाल कुशवाहा कल्याण समाज, विजय कुमार महतोका नेतृत्वमा रहेको राष्ट्रिय कुशवाहा सेवा समाज, भरत महतोको नेतृत्वमा रहेको नेपाल कुशवाहा महासंघ, मनाई महतोको नेतृत्वको कुशवाहा संघ तथा देवनारायण महतोको नेतृत्वमा रहेका कुशवाहा बुद्धिजिवी सेवा समाज एकिकृत केही दिन अघि एकीकृत भएको हो ।