नेपाल टेलिकमको मोबाइलमा समस्या

लहान, असोज २३ गते ।
नेपाल टेलिकमको मोबाइलमा सिरहा जिल्लाभरी समस्या देखिएको छ । पछिल्लो महिनादेखि मोबाइलको नेटवर्कमा समस्या देखिएको ग्राहकहरुले गुनासो गरेका छन् ।
नेपाल टेलिकमको मोवाइलमा नेटवर्क कमजोर रहने गरेको ग्राहकले बताएका छन् । फोन नलाग्ने, फोन लागी हालेपनि कुरा गर्दागर्दै आवाज सुनिन छोडने समस्याले ग्राहकहरु हैरान भएका छन् । नेपाल टेलिकमको मोवाइलमा देखिएको यस्तो समस्याको बारेमा टेलिकममा गुनासो गरेपनि समस्या जस्ताको त्यस्तै रहेको उपभोक्ताले गुनासो गरेका छन् ।