माँग सम्बोधन नभए सिंहदरवार घेर्ने ः विमा अभिकर्ता संघ

लहान, ८ असोज ।
पेशगत बीमा अभिकर्ता संघ नेपालका अगुवाहरुले विमा विधेयक २०७२ ले लाखौ रोजगारको रोजगारी संकटमा पर्ने किसमको भएको बताएका छन ।
पेशागत बीमा अभिकर्ता संघ नेपालले सञ्चालन गरेको अभिकर्ता जागरण अभियानको क्रममा सिरहाको लहानमा शानिवार गरिएको कार्यक्रममा अभिकर्ता संघका अगुवाहरुले यस्तो कुरा बताएका हुन् ।
उनीहरुले आफुहरुले अघि सारेको नौ सुत्रिय माग माथि सुनुवाई नगरिए काठमाण्डौमा लोखौ विमा अभिकर्ताहरु भेला भइ सिंहदरवार समेत घेर्ने चेतावनी दिएका छन् ।
कार्यक्रममा भेला भएका अभिकर्ताहरुले बनेको विमा विधेयक २०७२ विमा व्यवसायीहरुलाई धरासाय गर्ने र ४ लाख भन्दा बढि रोजगारहरुको रोजगारी संकटमा पार्ने किसमको भएको भन्दै सच्याउनु पर्ने माग गरेका छन् ।
सिरहा, सप्तरी र उदयपुर जिल्लाका विमा अभिकर्ता भेला भएको सो विमा अभिकर्ता जागरण अभियान संघका केन्द्रिय अध्यक्ष राजेन्द्र अमात्यको अध्यक्षता तथा गणेश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
पूर्वमा विर्तामोडबाट सुरु गरिएको सो अभियान लहान, विरगंग, नारायणगढ, बुटवल, कोहलपुर लगायतको ठाउमा गर्दै विमा अभिकर्ताहरुलाई सुसुचित गरी काठमाण्डौमा बृहत भेला गरी सरकारलाई आफना माग सुनवाईका लागि दवाव सृजना गर्ने सिरहा शाखाका कोषाध्यक्ष नथुनी साहले जानकारी दिनुभयो ।