विपी जयन्तीको अवसरमा रक्तदान

img1

लहान, २५ भदौं ।
१०२ औं विपी जयन्तीको अवसरमा शुक्रवार सिरहामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विपी जयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सिरहाले सिरहाको लहानमा आयोजना गरेको सो रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेको संघका कार्यवाहक जिल्ला अध्यक्ष मोह्मद मुस्ताकले जानकारी दिनुभयो । सिरहाको लहानस्थित एल एम सी क्लेजमा आयोजना गरेको सो रक्तदान कार्यक्रममा युवा विद्यार्थीहरुले उल्लेख्य संख्यामा रक्तदान गरेको वहाँले बताउनु भयो ।