फरार प्रतिवादी पक्राउ

लहान, ८ भदौं ।
कुटपिट मुद्धामा फरार एक जनालाई सिरहको इनर्वाबाट बुधवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इनर्वा गाविस वडा नम्वर ४ बस्ने वर्ष ५५ का उपेन्द्र सिंहमैत छन् । उनलाई प्रहरीले बुधवार इनर्वाबाट पक्राउ गरेको हो ।
कुटपिट मुद्दामा पुनरावेदन अदालत राजबिराजमा २०७२ बैशाख २३ भएको फैसलाले छ महिना कैद र २ हजार नगद ठहर गरेपछि उनी फरार रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
पक्राउ परेका उपेन्द्रलाई फैसला कार्यान्वयनका लागि सिरहा जिल्ला अदालत पेश गरिएकोमा कैद भुक्तानका लागि सिरहा कारागार पठाइएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो ।