युवा सञ्जाल महोत्तरीमा नयाँ नेतृत्व

img1


जलेश्वर, ८ भदौ ।
युवाको क्षेत्रमा क्रियाशील शान्ति तथा विकासका लागि युवा सञ्जाल महोत्तरीको नयाँ नेतृत्व चयन भएको छ ।
महोत्तरीको जलेश्वरमा मंगलवार सम्पन्न सञ्जालको छैठो साधारणसभा तथा तेस्रो अधिवेशनले लक्ष्मेश्वर यादवको अध्यक्षतामा नौ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा शारधा कुमारी ठाकुर, महासचिवमा रामभजन महतो, सचिवमा रंजनाकुमारी र कोषाध्यक्षमा मो. अख्तर रेजा अंसारीलाइ चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा दिनेश्वर यादव, जयकुमार महतो, सुनिल कुमार मण्डल र रन्जय जयसवाललाई सर्वसम्मतले चयन गरेका छन् ।
सञ्जालको छैठो साधारणसभा जनकपुर वृहत्तरक्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माको प्रमुख आतिथ्यता तथा सञ्जालको निर्वतमान अध्यक्ष सुरेश कुमार ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो ।