करेण्ट लागेर मृत्यु

लहान, १ भदौ | लहान ३ मा करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ४५ बर्षीया सीतादेवी महतोको मृत्यु भएको हो । विद्युतीय मोटरले धानमा सिचाईं गर्ने क्रममा करेण्ट लागेर घाइते भएकी महतोलाई उपचारका लागि अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।