प्रहरी नियन्त्रनमा रहेका व्यक्ति बेहोस अवस्थामा उपचार हुदै

लहान, १ भदौ  | प्रहरी नियन्त्रनमा रहेका सिरहा नगरपालिका १० का ४२ वर्षीय रामचन्द्र महतो बेहोस अवस्थामा उपचाररत छन ।जिल्ला प्रहरी कार्यालय सिरहाले रामचन्द्रलाई डाका मुद्धामा अनुसंधानको लागि साउन ३० गते दिउसो घरबाटै नियन्त्रनमा लिएको थियो ।
 
अनुसंधानको क्रममा प्रहरी नियन्त्रणमा रहेका महतो साउन ३१ गते विहान बेहोस अवस्थामा भेटे पछि उपचारको लागि जिल्ला अस्पताल सिरहामा लगे पनि जिल्लामा उपचार सम्भव नभए पछि थप उपचारको लागि बिराटनगर स्थित कोशि अंचल अस्पतालमा भर्ना गरि उपचार भै रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी श्याम ज्ञवालीले बताए । 
 
बैशाख १ गते बिहान मिर्चैया नगरपालिकामा भएको डाका काण्डमा रामचन्द्रको संलग्नता देखिएको र अन्य पक्राउ परेका डाकाहरुले पनि उनी बिरुद्ध बयान दिएकोले उनलाई गिरफतार गरेको एसपीले बताए । सोधपुछको क्रममा आफु बिरुद्ध प्रमाणहरु जुटे पछि उनले राति देखिनै केही नबोलेको र बिहान बेहोस अवस्थामा भेटे पछि जिल्ला अस्पतालमा उपचार गराए पनि थप उपचारको लागि प्रहरीको नियन्त्रनमा कोशि अंचल अस्पतालमा उपचार गराइ रहेको बताए । प्रहरीले उनलाई कुनैपनि किसिमको यातना न दिएको बरु आफु फसिने भए भनेर मानसिक तनाव भएको हुन सक्ने एसपी ज्ञवालीले बताए ।
 
जिल्ला अस्पताल सिरहाका प्रमुख डाक्टर दयाशंकरलाल कर्णका अनुसार रामचन्द्र महतोे मानसिक रोगी भएको बताए । यातना दिएको बाहिरी चोट नभएको र भित्रि चोट न देखिएकोले यातना दिए न दिएका भन्न नसकिने बताए । मानसिक रोगको उपचार जिल्लामा समभव नभए पछि थप उपचारको लागि यहाबाट रेफर गरिएको डाक्टर कर्णले बताए । यस्तै कोशी अंचल अस्पतालका डाक्टर संजय यादवले रामचन्द्रको अवस्था सामान्य भए पनि हाल सम्म नबोलेको र मानसिक रोगी हुन सक्ने भएकोले थप स्वस्थ्य जाचहरु भै रहेको बताए ।
 
उपचाररत रहेका रामचन्द्रको पत्नी गंगा महतोले प्रहरीले यातना दिएर बेहोस बनाएको हुन सक्ने बताइन । बेलुका सम्म स्वास्थ्य अवस्था राम्रो रहेको एकाएक बेहोस भएर उपचारमा लगे पनि हामीलाई जानकारी नगराएकोले घटना शंकास्पद भएकोले मानवअधिकारकर्मीहरुलाई पतिको जिवन रक्षाकोलागि पहल गरी दिन आग्रह गरेकी छिन । सिरहाका नवअधिकारकर्मीहरुले साउन ३२ गते घटनाको स्थलगत अनुगमन गरेका छन । अनुगमन पछि मानवअधिकार संरक्षण केन्द्र संजालका सचिव गंगा अधिकारीका अनुसार प्रहरी नियन्त्रनमा रहेको व्यक्ति शारिरिकरुपमा असुन्तलन हुनु नै घटना शंकास्पद भएको बुझिन्छ ।