फ्रान्स युरोकप फुटबलको फाईनलमा ।।

फ्रान्स युरोकप फुटबलको फाईनलमा प्रबेश गरेको छ । आज बिहान सकिएको दोश्रो सेमिफाईनलमा बिश्वबिजेता जर्मनीलाई २–० को सहज जित निकाल्दै आयोजक फ्रान्स प्रतियोगीताको उपाधि नजिक पुगेको हो । ठुला प्रतियोगीतामा फ्रान्सले सन् १९५८ यता जर्मनीलाई हराएको यो पहिलो पटक हो ।  पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको फ्रान्सका लागी खेलको ७२ औ मिनेटमा ग्रीजम्यानले दोश्रो गोल गर्नुभयोे । ६८ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि जर्मनी प्रतियोगितामा अघि बढ्न भने सकेन । उपाधिका लागि फ्रान्सले पर्सि आइतवार पोर्चुगलसंग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल वेल्सलाई हिजो पराजित गरेको थियो ।